arrow

गरिमा विकास बैङ्कको मोबाइल बैङ्किङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
garima-bank-virtual-credit-card-2082.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैङ्किङ एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ।

गरिमा विकास बैङ्कका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात् आफ्नो मोबाइल बैङ्किङ एपमा सो सेवा सुचारु गर्न सकिने बैङ्कले जनाएको छ।

उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सकिने छ। न्यूनतम रु. १०,००० देखि अधिकतम रु. १,००,००० सम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्नेछन्।

भौतिक रूपमा नभई मोबाइल बैङ्किङ एपमा भर्चुअल रूपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नवीनतम अनुभव दिने विश्वास विकास बैङ्कले राखेको छ।

हाल गरिमा विकास बैङ्कका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नवीनतम डिजिटल बैङ्किङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ