दसैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
856
Shares
काठमाडौँ। लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दसैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दसैँमा विशेष योजना ल्याउने भायानेटले यस पटक अझै ठूलो अफर ल्याएको जनाएको छ।
यो दसैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ।
त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,२९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिनेछ। यससँगै, रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भिआइए ३०० हाली रु. ३०० क्यासब्याक पाउनेछन्।
साथै, ग्राहकहरूले “स्पिन द ह्वील” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ।