सभापति देउवाको आलोचना हुन थालेपछि प्रवक्ता महतको आक्रोश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
1.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।
आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरू नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।
अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे ।
उनले भने, ‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठीक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएका साथीहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । उहाँहरुका बोली, वचन, वक्तव्य, र उहाँहरुको उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले पनि भनेका थियौँ, कतिपय कुराहरु ठीक भइरहेको छैन । जुन सोच र शैली ओलीजीले देखाइरहनुभएको छ त्यसले ठीक बाटोमा अघि बढ्दैन भन्नेमा थियौँ । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै हुँदैन्, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?
उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको बेला जम्मेवार नेताहरू संवेशनशील हुन नसक्नु दुर्भाग्य रहेको धारणा राखे ।
नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गरेर सुधार गर्नुपर्ने पक्ष सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।