arrow

एनएमबि बैङ्कका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
nmb-bank-yadea-scuti-discount-offer-2082.jpg

काठमाडौँ। चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैङ्क लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्य अन्तर्गत एनएमबि बैङ्कका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैङ्कको कार्ड, मोबाइल बैङ्किङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सकिने बैले जनाएको छ।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया सो–रुमहरूमा उपलब्ध हुने छ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ, यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढवा दिने अपेक्षा गरिएको छ। छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि सो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैङ्कको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ।

एनएमबि बैङ्कले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवर्द्धन टेवा पुग्ने विश्वास लिएको छ।

 साथै, बैङ्कले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ। एनएमबि बैङ्कले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ