-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारी वर्षाका कारण तुइन खोलामा पहिरो गएको छ । पहिरोका कारण नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै स्थानीय प्रशासनले यात्रामा रोक लगाउने तयारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
तुइन खोलामा दशैँ शुरु भएदेखि नै पहिरो जाने क्रम रोकिएको छैन ।
देशैभर सचेतना अपनाउन भन्दाभन्दै पनि विशेष परिस्थितिका कारण यात्रा गरिरहेका यात्रुहरु अलपत्र परेका छन् ।
देशैभरका स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरिरहेका छन् ।