-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जताततै वर्षा भएसँगै दुई घण्टाका लागि आन्तरिक उडान ठप्प गरिएको छ । बिहान ८ः३० देखि उडान ठप्प पारिएको हो ।
केही आन्तरिक जहाज उड्ने तयारी गरिरहेका बेलामा मुलुकभित्र सबै ठाउँमा उडान ठप्प पारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
बिहान ११ बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय उडान भने भइरहेका छन् ।