विपद्सँग जुध्न भ्रातृ संस्थाका युवाको स्वयंसेवी समूह बनाउने कांग्रेसको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
4.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले प्राकृतिक विपदसँग जुध्न भ्रातृ संस्थाका युवाको स्वयंसेवी समूह बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको विपद् केन्द्रित विशेष बैठकले सो निर्णय गरेको हो ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकमा ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रुपमा परिचालित भइसकेकोसमेत जनाइएको छ ।
थप सक्रियताका लागि कांग्रेसले आह्वानसमेत गरेको छ ।
बैठकले इलाम, रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ ।