arrow

आज वायुसेवा निगमले भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
nepal-airlines-narrowbody.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए । 

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने भएको हो ।

वायुसेवा निगमले पनि प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम आज असोज २० गते उद्धार उडान गरिने जनाएको छ । ‘ए’ ३२० विमानमार्फत  काठमाडौँ–भैरहवा–काठमाडौँ उडान हनेछ ।

 ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौँ फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ