वर्षाकाबीच चार गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1k
Shares
विराटनगर। लगातारको वर्षा र प्रतिकूल मौसमका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित 'गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम' मार्फत सोमबार यी महिलाहरूको उद्धार गरिएको हो।
नेपाली सेनाले इलामको माइजोगमाई र सन्दकपुर, पाँचथरको फिदिम, र संखुवासभाको भोटखोलाबाट गर्भवती महिलाहरूलाई हवाई साधनमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
उद्धार गरिएका ती चारै महिलालाई झापास्थित बी एण्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगर पुर्याइएको सेनाले जनाएको छ।