arrow

मेची राजमार्ग खुलाउने प्रयास जारी, अवरोध हप्ता दिनसम्म रहन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
rain-mechi-rajmarga.jpg

इलाम । लगातारको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गका विभिन्न खण्डहरूको पहिरो पन्साउने काम जारी रहेको छ। मेची क्षेत्रको 'लाइफलाइन' मानिने यो राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्याँटे–राँके खण्डमा पहिरो हटाउने काम भइरहेको छ। बिब्ल्याँटेबाट पुवाखोला–साखेजुङ–राँके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ।

राँकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध नभए पनि मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ। उक्त खण्ड बुधबारसम्म खुल्न सक्ने अनुमान गरिएको छ।

यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन थप समय लाग्ने देखिएको छ। सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरूले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटार लगायतका ठाउँमा ठूला अवरोधहरू कायमै छन्। मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ