arrow

प्रतिनिधि सभा विघटनबारे छलफल

सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल, रास्वपा अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
sabamukh-meet-sachetak.jpg

काठमाडौं। सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल आज (बुधबार) सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको छ।

जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको गम्भीर संवैधानिक विषयमा दलहरूको आधिकारिक धारणा बुझ्नका लागि सभामुख घिमिरेले यो बैठक डाकेका हुन्। प्रतिनिधिसभा विघटन संविधानविपरीत रहेको र आफू विघटनविरुद्ध अदालत जाने तयारीमा रहेको सन्दर्भमा उनले दलहरूको धारणा मागेका हुन्।

छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरू सहभागी छन्।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि भने बैठकमा सहभागी भएका छैनन्।

विघटन संविधानसम्मत नरहेको बताउँदै आएका दलहरूको आधिकारिक धारणा लिएपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनलगायतका कानुन व्यवसायीहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ