arrow

संसद पुनर्स्थापनामा लाग्न हुँदैन: अध्यक्ष श्रेष्ठ

जेन-जी आन्दोलनको जनादेशअनुसार चुनाव गर्न जसपा अध्यक्ष श्रेष्ठको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
rajendra-shrestha-30.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले अब मुलुक संसद पुनस्र्थापनाको बाटोमा लाग्न नहुने धारणा व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन-जी युवा आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनस्र्थापनाको बाटोमा जान नहुनेमा जोड दिएका हुन्।

श्रेष्ठले सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न सबै दल लाग्नुपर्ने बताए। उनले वर्तमान अन्तरिम सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा प्रमुख दलहरूको सहमतिमा बनेको स्पष्ट पारे।

"स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन," श्रेष्ठले भने। उनले आन्दोलनको जनादेशलाई सम्मान गर्दै घोषित निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए।

यद्यपि, प्रतिनिधिसभा पुनस्र्थापनाका लागि मुद्दाहरू गएकाले बहस हुने भए पनि आफ्नो पार्टीको अडान निर्वाचन सम्पन्न गर्नेमै रहेको उनले बताए। श्रेष्ठले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निर्वाचन पनि समयमै गर्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ