arrow

पैतिस वर्षीय टेकबहादुर मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
death.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ४ शीतलचोकस्थित भित्री सडकखण्डमा सोमबार साँझ एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा व्यास नगरपालिका-१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ