arrow

अभिव्यक्ति स्वतन्त्रतामै चुनौती

सामाजिक अभियन्ता ई: ई: ले यस्ता विषय उठाएर गरे बालेन साहको भण्डाफोर

यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिष्पर्धा चल्दै, अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट, के नवयुवाको रगत यसैको लागि बगेको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
ee-social-activist.jpg

काठमाडौँ । सामाजिक अभियन्ता ई: ई: ले काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह बालेनमाथि गम्भीर राजनीतिक र नैतिक आरोप लगाएका छन्उँ । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले भदौ २४ गते पछि बदलिदो घटनाक्रममा पहिलो प्राथमिकतामा बालेनलाई प्रधानमन्त्री बनाउने प्रयास भएको दाबी गर्दै त्यसपछि परिस्थिति उल्टिएपछि उनले आफैँ उक्त अवसर गुमाएको उल्लेख गरेका छन् ।

ई: ई: का अनुसार, बालेनले शुरूआती राजनीतिक सम्भावनामा आफैँ “भ्रममा परेर” काम गर्न नसक्दा अवसर गुमाएका हुन् । उनले लेखेका छन्, “शुरूमा तयार भए पनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रवि थिए तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो ।''

उनका अनुसार २५ गते कल्याण श्रेष्ठको नेतृत्वमा सरकार स्थापनाको प्रयास गरिएको थियो तर संवैधानिक र वैधानिक कारणले त्यो सम्भव नभएको बताइएको छ ।

ई: ई: ले आफ्नो स्टाटसमा हाल देखिएको राजनीतिक शून्यताको जिम्मेवार बालेनलाई ठहर गरेका छन् । उनका शब्दमा, “बालेनको राजनीतिक र सैद्धान्तिक अस्पष्टताका कारण बालेनसँग टाढिएका ओमप्रकाश अर्यालले विधिसंगत ढङ्गले चल्नुपर्छ भनेर अडिग रहेका ओमप्रकाश अर्याल सल्लाहकारको भूमिकामा सीमित रहन खोजे पनि अन्तिममा आफै गृहमन्त्री बन्ने अवस्था आयो।”

उनले बालेनले आफूलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण नेतृत्वको अवसर गुमाएको आरोपसमेत लगाएका छन्। ई: ई: ले बालेनले आफ्ना सहायक र वरिपरिका व्यक्तिहरूको भ्रममा परेर सशक्त निर्णय गर्न नसकेको भन्दै अहिले पनि उनी आफ्नो भूमिकाबारे स्पष्ट नभएको उल्छैलेख गरेका छन् ।   

बालेनले आफूले चाहेजस्तो महानगरका प्रहरी प्रमुख राजु पाण्डे र पूर्व प्रहरीय अधिकारी मिरा चौधरीलाई गृहमन्त्री बनाउने प्रयास पनि सफल हुन नसकेको ई: ई: ले जनाएका छन् । 

त्यसक्रममा उनले सुशीला कार्कीलाई “पूर्ण रिक्तता र थप अस्थिरता टार्ने सर्वश्रेष्ठ विकल्प” भनेर समर्थन गरेका छन्। उनको भनाइमा, “देशलाई स्थायित्व र सुशासनतर्फ लैजान सुशीला कार्की नै उपयुक्त पात्र हुन्।”

उनले समयमै चुनाव हुनुपर्नेमा जोड दिएका छन् । उनले सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन् र त्यसअघि प्राथमिकतामा को थिए भन्नेसमेत खुलाएका छन् । अहिलेको सरकारमा बालेनले खेलेको षड्यन्त्रकारी भूमिकालाईसमेत उनले कोट्याएका छन् । 

साथै उनले सत्य बोल्दा पनि ज्यानैको खतरा भएको महसुस गर्नु पर्ने हो भने पनि होस् भनी लेखेका छन् । 

सामाजिक सञ्जालमा उनको उक्त स्टाटसले व्यापक प्रतिक्रिया पाएको छ। केहीले ई: ई: का भनाइलाई “साहसिक सत्योद्घाटन” भनेका छन् भने केहीले “राजनीतिक एजेन्डा” को संदेह व्यक्त गरेका छन् ।

तर, ई: ई: को यो अभिव्यक्तिले बालेन सहको नेतृत्व, निर्णयशक्ति र हालको राजनीतिक समीकरणमाथि नयाँ बहस सुरु गरेको छ ।

के लेखेका छन् ईले ?
''भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो। शुरुमा तयार भए पनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रबि थिए तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ। यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो वृत्तमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन शक्तिकेन्द्र यसबारे बेखबर थिए ।
पूर्ण भ्याकुम र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन् । गृहमन्त्री कमीकमजोरीरहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना! कस्तो निर्लज्जता !

बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरूरी देखिन्छ। स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ। आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ। सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो। रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस् !''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ