arrow

फोहर व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका असफल, घरमै राख्न आग्रह [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
fohar-gadi-82-7-14 (8).jpg
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ उपत्यकालाई फोहर व्यवस्थापन निकै चुनौतीको विषय बनेको छ । पटक पटक यो विषयले घोच्ने भए पनि सबैभन्दा बढी जिम्मेवार काठमाडौँ महानगरपालिका भने अनुत्तरदायी जस्तै बन्दै गएको छ । 

यो आजको समस्या हैन । तर ठोस रणनीति ल्याउन नसक्दा उपत्यकाबासीले पटक पटक हैरानी खेप्दै आएका छन् । 

सरकारले फोहरबाट मोहर भनेर सिकाए पनि अहिलेसम्म आफैँले वृहत कार्यक्रममार्फत फोहर व्यवस्थापन गर्न सकेको छैन । 

संघीय सरकारको राजधानी भए पनि न संघ त न स्थानीय तह नै गम्भीर बन्न सकेका छन् । यसअघि संघ र स्थानीय तहबीच तालमेल मिल्न नसक्दा सिंहदरबार, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयभित्रकै फोहर काठमाडौँ महानगरपालिकाले उठाएको थिएन । 

जनताबाट कर असुल्ने तर सेवा सुबिधा दिन जहिल्यै हिच्किचाउने महानगरका कारण जनताले भने दुःख पाइरहेका छन् । 

फेरि महानगरले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।

कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो । 

अवरोधसँगै काठमाडौंबाट फोहर लिएर गएका गाडीहरु शुक्रबार बाटोमै रोकिएका छन् । स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

फोहरको सही व्यवस्थापन हुन नसक्दा बञ्चरेडाँडाका स्थानीयबासी गम्भीर प्रकृतिका रोगबाटसमेत ग्रस्त हुन थालेका छन् । 

 

fohar-gadi-82-7-14 (5).jpeg
fohar-gadi-82-7-14 (6).jpeg
fohar-gadi-82-7-14 (7).jpeg
fohar-gadi-82-7-14 (8).jpeg
fohar-gadi-82-7-14 (1).jpeg
fohar-gadi-82-7-14 (2).jpeg
fohar-gadi-82-7-14 (3).jpeg
fohar-gadi-82-7-14 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ