सामाजिक सुरक्षा कोषमा ९४ अर्ब सङ्कलन, १७ अर्बभन्दा बढी भुक्तानी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
845
Shares
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले योगदानकर्तालाई रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम विभिन्न शीर्षकमा भुक्तानी गरिसकेको छ।
कोषमा हालसम्म कूल २५ लाख ९२ हजार एक सय ४१ जना योगदानकर्ताका रुपमा सूचीकृत भएका छन् भने २२ हजार एक सय २५ रोजगारदाता सूचीकृत रहेका छन्। कोषले रोजगारदातालाई क्रमशः सूचीकृत गराउनका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।
कोषले गरेको भुक्तानीमध्ये अवकाश दावी रकम सबैभन्दा धेरै रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ। त्यसैगरी, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ। यस्तै, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार रहेको छ।