पार्टी एकताबारे छलफलमा प्रचण्ड-माधव, २० गते एकताको मिति तोकिने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
992
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा छलफल भएको छ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको यस छलफलमा दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी थिए। यस बैठकबाट एकीकृत पार्टीको सांगठनिक संरचना कस्तो हुने भन्नेबारे टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।
दुवै दल यही कात्तिक २० गते पार्टी एकताको मिति तय गर्ने तयारीमा छन्। यसअघि नै एकीकृत पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भइसकेको छ।