arrow

पाँच राजमार्ग अझै अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
prithivi-rajmarga.jpg
फाइल तस्बिर

काठमाडौँ। बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए ।

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल-चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध छन् ।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ