arrow

नाइजेरियामा गोलीबारी हुँदा गयाे दुई सैनिकसहित १९ आतङ्कवादीको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
clash-nigeria-24-7-13.jpg

काठमाडौँ । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरू बीच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।

नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ ।

उत्तरी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने सैन्य अभियानको एक हिस्साको रूपमा यो अपरेसन आएको विज्ञप्तिमा भनिएको छ ।

धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरूलाई सामान्य चोट लागेको र उपचारका अस्तपाल लगिएको जनाइएको छ ।

नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ मा विद्रोह सुरु गरेका सशस्त्र समूहहरूले पटक-पटक आक्रमण गर्दा करिब ४० हजार मानिसको मृत्यु हुनुका साथै करिब २० लाख नाइजेरियाली विस्थापित भएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ