arrow

यात्रुवाहक बसको ठक्करबाट हेटौँडामा एक पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
Accident-sign.jpg

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दिएको जानकारीअनुसार, जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो, तर चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए। प्रहरीले ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ