arrow

सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
city-express-finpos-mini-nast-it-2025.jpg

काठमाडौँ। सिटीटेक ग्रुप प्रालिले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न एनएएस-आईटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो। जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा, मास्टरकार्ड, युपिआइ, र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर , फोनपे र स्मार्ट क्युआर जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

साना आकारको आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ।

कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैङ्क, माछापुच्छ्रे बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क र सिद्धार्थ बैङ्कले आशय पत्र हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे।

सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैङ्कहरूमा पिओएस सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनीको शुभारम्भले बैङ्कहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।

सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले भने, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ