बीमा प्राधिकरणद्वारा मुद्दती निक्षेपमा लगानीका लागि बैंकहरूसँग प्रस्ताव माग
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
816
Shares
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दातलाई सदुपयोग गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ।
प्राधिकरणले आज शिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गर्दै इच्छुक बैंकहरूलाई आफूले दिन सक्ने अधिकतम प्रतिफल (ब्याजदर) उल्लेख गरी आवश्यक विवरणसहित ७ (सात) दिनभित्र प्रस्ताव पेस गर्न भनेको छ। पेस हुने शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले लगानीका लागि प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई उनीहरूको अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्क्रिय सम्पत्ति, कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष (वि.सं.) र पूँजी पर्याप्तता कोषको विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने शर्त राखेको छ। यद्यपि, प्राधिकरणले मुद्दती निक्षेपमा कुल कति रकम लगानी गर्न लागेको हो भन्ने यकिन रकम भने खुलाएको छैन।