arrow

महेश बस्नेतको आरोप - प्रचण्ड र नेपाल पद र पावरका भोगी हुन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
mahesh-basnet-uml-leader.jpg

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पद र पावरको भोगी भएको आरोप लगाएका छन् ।

उनीहरूबीच धेरै कुरा नमिले पनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै बस्नेतले व्यङ्ग्य गरेका हुन् । 

कम्युनिष्ट घटकबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदका लागि पार्टीको नामसमेत फेरेको दाबी गरे ।

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो । हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौँ’, उनले भने  । 

उनले पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधवकुमार नेपाल पात बनि झरेता पनि काम नलागेको बताए । 

नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ