arrow

मधेस सरकारबाट सहभागिता फिर्ता लिन राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

अन्यथा विधान बमोजिम कारबाही हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
rajendra lingden.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन्।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारमा राप्रपाका केही सांसदहरू सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको थियो। अध्यक्ष लिङ्देनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले भनेका छन्, "यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।"

अध्यक्ष लिङ्देनको यस वक्तव्यपछि मधेस प्रदेश सरकारमा राप्रपाको भविष्य अनिश्चित बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ