arrow

आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुने १२ पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
boat-accident-thailand.jpg

काठमाडौँ । मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताएका छन् ।

खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मङ्गलबार देखि पुनः शुरू गरिएको उनले बताएका छन् ।

यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लाङ्गकावी वरपर ४३६ आप्रवासीहरू प्रक्राउ भएको जनाउदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताएका छन् ।

यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिव एक हजार तीन सय ३३ अवैध आप्रवासीलाई रोकिकेको बताएको छ ।

सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाईसमेत नियन्त्रणमा लिइ हिरासतमा लिइएको जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ