arrow

भुटानको राजकीय भ्रमण सकेर नयाँदिल्ली फर्किए मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
india-pm-modi-focus-agi-2025.jpg

काठमाडौँ। प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशहरू बीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किएका छन् ।

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका छन्।

“भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७०औँ जन्मजयन्तीको अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ ।

भ्रमण पछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले द्विपक्षीय साझेदारीलाई गति दिने उनले बताएका छन् ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई बिदा गर्न एयरपोर्टमा आएका थिए भने प्रधानमन्त्री मोदीले उनलाई त्यहाँसम्म पुगाउन आएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधिलगायतका क्षेत्रमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ ।

“प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तीकरण दीक्षामा भुटानका राजालगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।

यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ ।

भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु-दोस्रो जलविद्युत परियोजनाको संयुक्त उद्घाटन-भारत-भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ ।

भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यहरूमा निहीत भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभूत बनाउने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ