arrow

कुमारी बैङ्कले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
kumari-bank-green-savings-deposit--account.jpg

काठमाडौँ। दिगो विकासका लक्ष्यहरू प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यावसायिक साझेदारीहरू मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैङ्कले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ।

“एक खाता एक रुख” सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैङ्कका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनुका साथै खातावालहरूले निम्नानुसारका आकर्षक सुविधाहरू समेत प्राप्त गर्ने छन्।

  • साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
  • एक लाख सम्मको बिमा सुविधा
  • दुई वर्ष सम्म निःशुल्क मोबाइल बैङ्किङ सेवा
  • दुई लाख सम्मको फोनलोन सुविधा (योग्यता अनुसार)
  • यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने

यस योजनाबाट सङ्कलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकारात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैङ्कका दिगो बैङ्किङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन्। बैङ्कले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैङ्कको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।

विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन तथा दिगो विकासका अन्य लक्ष्यहरू हासिल गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरूमा सहभागी हुँदै देशभर रहेका आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राह कवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ