arrow

पोर्चुगलद्वारा कामदार भिसा बन्द, ठगीबाट जोगिन नेपालीलाई दूतावासको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
portugal-flag.jpg

पोर्चुगल। पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ।

दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै पोर्चुगल सरकारले यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्दा भइरहेको जानकारी प्राप्त भएको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ।

दूतावासले कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि पोर्चुगल आउन नपाउने स्पष्ट गर्दै यहाँ आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ