राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
3.3k
Shares
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी गुल्मी शाखाले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको बताए ।
नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाँझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान शुरू गरिएको बताए ।
हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे ।