arrow

भारत–दक्षिण अफ्रिका टेष्ट तेस्रो दिनमै सकिने संकेत, विकेट धमाधम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
ind-sa-test-rhishav.jpg

कोलकाता । भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट क्रिकेट तेस्रो दिनमै सकिने संकेत देखिएको छ । कोलकाताको इडेन गार्डेन स्टेडियममा भइरहेको खेलमा लगातार विकेट ढलेसँगै खेल आइतबारै सकिने लगभग पक्का छ । 

खेलको दोस्रो दिन शनिबार दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा ७ विकेट गुमाउँदै ९३ रनमात्र बनाएको छ । पाहुना टिमले जम्मा ६३ रनको अग्रता लिएको छ। कप्तान टेम्बा बाभुमा र कोर्बिन बोश क्रिजमा रहेका छन् । बाभुमा सर्वाधिक २९ रन बनाएर अविजित छन् । 

भारतका लागि रविन्द्र जडेजाले ४ विकेट लिए । उनले टेष्टमा दुई सय ५० विकेट पनि पूरा गरेका छन् । 

यसअघि पहिलो इनिङ्समा दक्षिण अफ्रिका १५९ रनमा समेटिएको थियो । आइडेन मार्करमले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा जसप्रित बुमराहले २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै मोहम्मद सिराज र कुलदीप यादवले २–२ विकेट लिए । 

जवाफमा भारतले १८९ रनमात्र बनाएर ३० रनको अग्रता बनाएको थियो । कप्तान शुबमन गिल घाँटीको दुखाइका कारण ४ रन बनाएर रिटायर्ड हर्ट भए । केएल राहुलले सर्वाधिक ३९ रन बनाए । वासिंगटन सुन्दरले २९ तथा ऋषभ पन्त र रविन्द्र जडेजाले समान २७ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले चार विकेट लिए भने मार्को जानसेनले तीन विकेट लिए । केशव महाराज र कोर्बिन बोशले एक–एक विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ