काठमाडौँ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । कर दिवस मंसिर १ देखि ७ गतेसम्म मनाइन्छ ।
‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित राष्ट्रिय कर दिवस २०८२ मनाइराखिएको हो ।