arrow

कोप–३० सम्मेलन केन्द्रमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
fire-cop-25-11-20.jpg

काठमाडौँ । ब्रजिलको बेलेम सहरमा जारी ३० औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) मा एक मण्डपमा आगलागी भएको छ । 

स्थानीय अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन् । यो घटना ब्लू जोनमा भएको हो । 

जहाँ अन्तर्राष्ट्रिय स्ट्यान्डहरू र आधिकारिक वार्ताका लागि राखिएका कोठाहरू छन् । ब्रजिलका पर्यटन मन्त्री सेल्सो साबिनोले स्थानीय समयअनुसार दिउँसो २ बजेको केही समयपछि लागेको आगो दिउँसो २ः३० बजे नियन्त्रणमा आएको थियो । 

बेलेम रहेको पारा राज्यका गभर्नर हेल्डर बार्बाल्होले आपतकालीन टोलीहरूले हाल घटनाको दुई सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन् । 

सम्मेलनको लागि स्थापना गरिएको स्ट्यान्डहरू मध्ये एकमा जेनेरेटर विफलता वा सर्ट सर्किट भएको हुनसक्ने अनुमान छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ