arrow

सुशीला कार्कीलाई महेश बस्नेतले भने - विचरा आमै अचानो नबन्नुहोला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
mahesh-basnet-05-08-082.jpg

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाईबाई’ गराएर पठाउनुपर्ने बताएका छन् । 

पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाईबाई गराउनुपर्ने भन्दै उनलाई छोरा-छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् । 

उनले भने, ‘भोलि ११ बजे भृकुटिमण्डपमा हामी प्रस्तुत हुँदैछौँ । विभिन्न उपत्यका आसपासका जिल्लाबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता  भृकुटीमण्डपमा जम्मा गर्दैछौँ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाईबाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’

यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनिरहनु भएको छ । विचरा आमै अचानो नबन्नुहोला । रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरूले गर्ने हो । राजनीति नेताहरूले गर्ने हो, तपाइँ उतै जानुस् ।’

उनले प्रधानमन्त्री कार्कीले दुई तीन दिनभित्र राजीनामा दिने दाबी गरे ।

उनले काठमाडौँ महानगरका मेयर बालेन शाहले स्टाटस् लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ