आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० को मृत्यु, १८ जना बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
2.1k
Shares
काठमाडौँ । इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
विपद् न्यूनीकरण एजेन्सी बीएनपीबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।
हाल सम्म सात ओटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।
लामो समयसम्म परेको वर्षा, पाहाडमा अवस्थित दरारले माटोको तहलाई कमजोर बनाएको कारण विपत्तिको आएको बताउँदै मुहारीले चुनौतीपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताए ।
स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुँदा एक सय ९५ जना प्रभावित भएका छन् भने पछिल्लो बीएनपीबी अपडेट अनुसार नाै सय ३४ बासिन्दालाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकसहित विभिन्न निकायका सात सय भन्दा बढी कर्मचारी यस क्षेत्रमा तैनाथ गरिएको छ ।
खोजी प्रयासहरूलाई तीन क्षेत्रमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्र सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरण प्रयोग गरिएको जनाइएको छ । एजेन्सी