arrow

भारतीय विमान दुर्घटनामा पाइलटको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
plane-crash-dubai.jpg

काठमाडौँ । दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ । 

भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो । 

भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ ।

‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौँ, विज्ञप्तिमा भनिएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ