दक्षिण अफ्रिकालाई आउट गर्नै भारतलाई सकस, जोड्यो ४८९ रन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
997
Shares
गुवाहाटी । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट क्रिकेट गुवाहाटीमा शनिबारदेखि भइरहेको छ । खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै उच्च योगफल जोडेको छ ।
पछिल्ला क्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरेसँगै भारतलाई पाहुना टिम आउट गर्न सकस भएको थियो । दक्षिण अफ्रिकाले १५१ ओभर १ बल खेल्दै ४८९ रन बनायो ।
आठौँ विकेटका लागि ९७ र सातौँ विकेटका लागि ८८ रनको साझेदारी भएसँगै भारतले मुस्किलले दक्षिण अफ्रिकालाई रनमा आउट गरेको हो ।
दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुसामीले १०९ रन बनाए । त्यस्तै मार्को जासेनले ९३ रन जोडे ।
त्यस्तै ट्रिस्टन स्टब्सले ४९ तथा कायल भेरिन्नेले ४५ रन बनाए । भारतका लागि कुलदीप यादवले ४ तथा जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले २–२ विकेट लिए ।
जवाफमा भारतले ब्याटिङ शुरू गर्दै आइतबार दोस्रो दिनको समाप्तिसम्म कुनै विकेट नगुमाइ ९ रन बनाएको छ । भारत अझै ४८० रनले पछाडि छ ।
भारतको कप्तानी ऋषभ पन्तले गरिरहेका छन् । कप्तान शुबमन गिल पहिलो खेलका क्रममा घाइते भएसँगै पन्तले दोस्रो खेलमा कप्तानी सम्हालेका हुन् ।
गिलको स्थानमा नितिश रेड्डी आएका छन् । त्यस्तै अक्षर पटेलको स्थान साई सुदर्शनले लिएका छन् ।
गुवाहाटीमा पहिलो टेष्ट भइरहेको हो । दुवै कप्तानले प्रिम्याच सेरेमनिमा स्टेडियमको पोट्रेटमा हस्ताक्षर गरेका छन् ।