गरिमा विकास बैङ्कद्वारा देशभर ८ स्थानमा रक्तदान तथा १९ स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
655
Shares
काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आज (मङ्सिर ७) देशका विभिन्न स्थानमा बृहत् रक्तदान तथा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैङ्कले विगतका वर्षझैँ यस वर्ष पनि समाजसेवा र सामुदायिक योगदानप्रतिको प्रतिबद्धताअनुसार कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरेको हो।
८ स्थानमा बृहत् रक्तदान, ६०२ युनिट रगत सङ्कलन
बैङ्कले सुनसरीको इटहरी, पर्साको वीरगन्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। उक्त ८ स्थानमा आयोजना गरिएको रक्तदानबाट कुल ६०२ युनिट रगत सङ्कलन भएको बैङ्कले जनाएको छ।
१९ स्थानमा सामुदायिक कार्यक्रम सञ्चालन
वार्षिकोत्सवकै अवसरमा बैङ्कले देशका विभिन्न १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत— १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोसाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण,
श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामग्री,मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरीलाई खाद्यान्न सामग्री, सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई पानी प्रशोधन यन्त्र हस्तान्तरण गरिएको बैङ्कले जानकारी दिएको छ।
‘गरिमा रोड रेस–२०८२’ पनि सम्पन्न
“स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारा सहित, बैङ्कले हिजो मङ्सिर ६ गते गरिमा रोड रेस–२०८२ को दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो। यो प्रतियोगितामा १,००० भन्दा बढी धावकले सहभागिता जनाएका थिए। बैङ्कले रोड रेसलाई प्रत्येक वर्ष निरन्तर आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।
गरिमा विकास बैङ्कले आफ्नो १९ वर्षे सेवा यात्रामा साथ दिने—सेवाग्राही, शेयर धनी, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुक— प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।