-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्ना बच्चा हुर्काउन व्यस्त छिन् ।
उनी हालै आफ्ना तीन बच्चासँगै मुम्बई विमानस्थलमा देखिएकी थिइन् ।
आफ्ना पति बिना यात्रा गरिरहेकी उनी टर्मिनलबाट बाटो लाग्दा तीन ओटै बच्चालाई सम्हाल्न व्यस्त थिइन् ।
फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरको सहयोगमा व्यस्त उनी पछिल्लो समय कला क्षेत्रमा कम सक्रिय छिन् ।
उनले नेपाली फिल्म ‘पासवर्ड’ को आइटम गीतमा नृत्य गरेकी थिइन् । ‘बेईमान लभ’ मा उनले अभिनय गरेकी थिइन् ।
उनी कुनै समय गुगल सर्चमा सर्वाधिक खोजीको पात्र बनेकी थिइन् ।
उनी पछिल्लो समय घरायसी काममा व्यस्त छिन् । एजेन्सी