arrow

सार्कोजी पुनः दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
Nicolas_Sarkozy.jpg

काठमाडौँ। फ्रान्सको सर्वोच्च अदालतले बुधबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीविरुद्ध सन् २०१२ को पुनः निर्वाचनको प्रयासमा अवैध आर्थिक सहयोग लिएको मुद्दामा दोषी ठहर गरी फैसला सुनाएको छ। सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजीका लागि यो दोस्रो सजायको फैसला हो।

उच्च अदालतले गत वर्ष पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सार्कोजीलाई 'दोषी ठहर गरिएको' बताएको छ। पुनरावेदन अदालतले उनलाई विद्युतीय उपकरणको निगरानीसहित छ महिनाको जेल र थप अर्को छ महिना पूर्व–परीक्षण हिरासतको सजाय सुनाइएको थियो।

अभियोजनकर्ताहरूले सार्कोजीको दक्षिणपन्थी पार्टीले सन् २०१२ को चुनावी अभियानको वास्तविक मूल्य लुकाउन जनसम्पर्क फर्म बाइग्मेलियनसँग मिलेर काम गरेको तर्क गरे। सन् २०१२ को चुनावी अभियानमा उनले निर्वाचनमा खर्च गर्न पाउने सीमा दुई करोड २० लाख ५० हजार युरोभन्दा झण्डै दोब्बर (झण्डै चार करोड ३० लाख युरो) खर्च गरेको आरोप लागेको थियो। उनलाई अवैध अभियान वित्तपोषणको लाभार्थीको रूपमा जवाफदेही बनाइएको थियो।

सार्कोजीले भने 'कुनै पनि आपराधिक जिम्मेवारी' अस्वीकार गर्दै आरोपलाई 'झुट' भन्दै खण्डन गर्दै आउनुभएको छ। पूर्व राष्ट्रपतिले पद छोडेपछि श्रृंखलाबद्ध कानुनी चुनौतीहरूको सामना गर्नु परेको छ। उन गत वर्ष डिसेम्बरमा न्यायाधीशबाट अनुग्रह लिने प्रयास गरेको अभियोगमा अर्को मुद्दामा आफ्नो अन्तिम कानुनी सहारा लिएका थिए भने २००७ अभियानको लागि लिबियाली कोष मागेको आरोपमा पनि पुनरावेदनको सुनुवाईको पर्खाइमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ