arrow

कुमारी बैङ्क र आरोग्य बेल केयर क्लिनिकबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
kumari-bank-aarogya-well-care-clinic-nov-2025.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र आरोग्य बेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैङ्कका ग्राहकहरूलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम आरोग्य बेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिँदै आएको सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–एबिपियम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट साथै डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

विगत २४ वर्षदेखि नेपाली बैङ्किङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैङ्क लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैङ्किङ  इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ