arrow

कांग्रेसलाई चुनावको दुबिधा नपाल्न अनुरोध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
ghanashyam-bhusal-15-08.jpg

काठमाडौँ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताएका छन् ।

उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताएका हुन् ।

कार्यबाहक अध्यक्ष भुसालले एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न आग्रह गरे ।

ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने बताए ।

उनले कांग्रेसलाई चुनावको बारेमा दुबिधा नपाल्न अनुरोध गरे ।

उनले भने, ‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोस् । यो मुलुकले कमरेड ओलीका नीतिहरुले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईले पनि चुनाव विथोल्नेतर्फ नलाग्नुस् । काँग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दैछ, त्यसलाई विश्वास गर्न मानिसले छोडिसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नुहोला ।’

कार्यवाहक अध्यक्ष भुसालले पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको जिकिर पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ