arrow

सिंगटी हाइड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी, कुमारी बैङ्कको अगुवाइमा ५ बैङ्कको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
kumari-bank-sino-hydro-financial-closer-dec-2025.jpg

सिंगटी हाइड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी, कुमारी बैङ्कको अगुवाइमा ५ बैङ्कको लगानीकाठमाडौँ। कुमारी बैङ्कको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरी मनाङमा ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्गाएका हुन्।

मनाङ स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो। आयोजनाको प्रवर्द्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता (पिनिए) भैसकेको उक्त आयोजना, कुमारी बैङ्कको अगुवाइ तथा नेपाल एसबिआई बैङ्कको सह–अगुवाइमा कृषि विकास बैङ्क, एन आइ सी एसिया बैङ्क र मुक्तिनाथ विकास बैङ्क सदस्य बैङ्कको रूपमा लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो।

नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ। आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँध स्थलबाट नार्पा भूमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङ मार्ग मार्फत पेनस्टक पाइपको प्रयोग गरी नासोँ गाउँपालिकामा रहको विद्युत् गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारा पानी सवस्टेशनमा जोडिने छ।

कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैङ्कको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाइड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ