arrow

महिला हत्या, हिंसाविरुद्ध खबरदारी र्‍याली 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
mahila-hinsa-82-8-19.jpg

जनकपुर । जनकपुरधाममा महिला–मानव अधिकार रक्षकहरुले महिला हत्या, हिंसाविरुद्ध र्याली निकालेका छन् ।
शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।

’पानामा मात्र होइन् व्यवहारमा कानून लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त र्याली निकालेका हुन् ।

कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथि समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानबिन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । 

महिलामाथि हुने हत्या, हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस्, सरकारी वकील कार्यालयबाट दायाँबायाँ नहेरिकन कडा भन्दा कडा अभियोग लगाइयोस्, अदालतमा न्यायको खरीद विक्री नहोस र घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा दण्ड सजाय होस् भन्ने अपेक्षा राखेको महिला अधिकारकर्मी एवम् कानून व्यवसायी रेखा झाले बताइन् ।

विगतमा मधेस प्रदेशमा महिलाहरुमाथि भएका हत्या–हिंसाका घटनाहरु उद्धृत गर्दै कानून व्यवसायी एवम् महिला अधिकारकर्मी झाले पोस्टमार्टम रिपोर्टमा चलखेल हुने गरेको आरोप लगाएका छन् । 

उनले चिकित्सक र पोटस्टमार्टम गर्ने विज्ञ टोलीलाई पनि सचेत गराएकी छिन् । उनले महिलामाथि हुने हत्या,हिंसाका घटनामा कुनै राजनीतिकरण हुन नदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ