arrow

छात्रावासमा गोली चल्दा एघार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
south africa.jpg

काठमाडौँ । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बन्दुकधारीहरूले आक्रमण गर्दा तीन वर्षीय बालकसहित ११ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एथ्लेन्डा माथेलेका अनुसार, प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा भएको यस आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि भएको छ। दश जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भयो भने १४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

बिहान ४:३० बजे तीन जना बन्दुकधारीहरू छात्रावास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ। प्रहरीले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकेको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएको छ।

दक्षिण अफ्रिका सङ्गठित अपराध र भ्रष्टाचारसँग जुझिरहेको राष्ट्र हो। मुलुकमा इजाजतपत्र प्राप्त हतियारहरू भए पनि धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेका छन्। प्रहरीका अनुसार, यस किसिमका आक्रमणका कारण गत अप्रिल देखि सेप्टेम्बरसम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु हुने गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ