नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २५ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
2k
Shares
गोवा । भारतको गोवामा रहेको नाइट क्लबमा भएको सिलिन्डर विष्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
शनिबार राति गोवाको अर्पोरा क्षेत्रमा रहेको नाइट क्लबमा भएको विस्फोटका मृतकहरूमा ४ पर्यटक र १४ कर्मचारी हुन् । ७ जनाको अझै पहिचान हुन सकेको छैन ।
गोवा प्रहरीले क्लबका प्रबन्धकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि केही मिनेटमै आगो क्लबभर फैलियो । लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्याएको थियो ।
घटनाको खबर पाउने बित्तिकै मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए । उनले घटनाको गहन अनुसन्धान गरिने र जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही गरिने जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानले क्लबमा अग्नि सुरक्षा नियमहरू पालना नगरिएको खुलासा गरेको छ। वरिष्ठ प्रशासन अधिकारीहरू घटनास्थलमा उपस्थित छन् र फोरेन्सिकटोलीले आगलागीको कारणको अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँको अनुग्रहणको घोषणा गरेका छन् ।