arrow

एक व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
sahakari-bibhag.jpeg

काठमाडौँ। कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ ।

विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक-पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो ।

“केही व्यक्तिहरू दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहेका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानूनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ”, विभागको निर्देशनमा भनिएको छ ।

त्यस्तै, सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षण गरी यो व्यवस्था कार्यान्वयन भए-नभएको जाँच गर्नसमेत विभागले निर्देशन दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ