arrow

कम्बोडिया-थाइल्याण्ड सीमा द्वन्द्व चर्कियो,सात कम्बोडियाली नागरिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
thailand1.jpg

काठमाडौँ। कम्बोडिया र थाइल्याण्डबीचको सीमा द्वन्द्व चर्किएको छ । जसका कारण सात कम्बोडियाली नागरिकको मृत्यु भएको छ र २० जना घाइते भएका छन्।

कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले दिएको जानकारीअनुसार, आइतबार दिउँसोदेखि मङ्गलबारसम्म थाई सेनाले कम्बोडियाली सैन्य अड्डा र सर्वसाधारणमाथि आक्रमण गर्न भारी र विनाशकारी हतियार, एफ–१६ लडाकु विमान र विषाक्त ग्यास प्रयोग गरेको बताएका छन्। 

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व आइतबार दिउँसोदेखि पुनः सुरु भएको हो र दुवै पक्षले एकअर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन्। दुई देशबीचको ताजा सीमा झडपले थाइल्याण्डको सीमावर्ती प्रान्तहरूमा ८ सयभन्दा बढी विद्यालय र धेरै अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ