arrow

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउनु आवश्यक: अध्यक्ष मगर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
magar-human-right.jpg

काठमाडौँ । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायको विषयलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको न्याय र परिपूरणको विषय सबैको साझा सरोकार र जिम्मेवारीको विषय भएको बताए। उनले नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने स्पष्ट पारे।

अध्यक्ष मगरले मानव अधिकार आयोगले न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेका सिफारिसहरू कार्यान्वयन नहुनु चिन्ताको विषय भएको बताएका छन्। उनले भने, 'मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिसहरु कार्यान्वयन नहुनु चिन्ताको विषय हो।'

आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितले क्षतिपूर्ति प्राप्त गर्न नसकेको र मानव अधिकार उल्लङ्घनका पीडकलाई कानूनको दायरामा ल्याउन नसक्दा दण्डहिनताले प्रश्रय पाएको उनको भनाइ छ। उनले कानूनी शासनको प्रत्याभूति र दण्डहिनताको अन्त्य गर्न नसके सन् १९४८ मा जारी भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई न्याय गर्न नसकेको ठहर हुने जिकिर गरे। साथै, कानूनी शासन प्रत्याभूति नहुँदा लोकतन्त्र र मानव अधिकारको अवस्था पनि सुदृढ हुन नसक्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ