arrow

कुमारी बैङ्कले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
kumari-bank-green-hire-purchase-loan-dec-2025.jpg

काठमाडौँ। दिगो विकासका लक्ष्यहरू प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनर सिपहरू मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैङ्कले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैङ्किङ को नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रतिबद्ध यस बैङ्कले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैङ्कबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरू समेत पाउने छन्। त्यसै गरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरू सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनहरूलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारी साधन आपुर्तिकर्ताहरु बाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैङ्कको शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरूले ऋणीहरूको सुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहु आयामिक लाभहरू प्राप्त हुने बैङ्कका दिगो बैङ्किङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताउनु हुन्छ।

विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ  सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैङ्किङ इकाईहरू तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ