arrow

इजरायलसँग पुनः युद्ध हुने जोखिम कम : लेबनान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
joseph-aoun-lebnon.jpg

काठमाडौँ । लेबनानी राष्ट्रपति जोसेफ औनले देशका केही भागमा इजरायली आक्रमण जारी रहे तापनि जारी कुटनीतिक प्रयास र तनाव न्यूनीकरण संयन्त्रका कारण इजरायलसँग पुनः युद्ध हुने जोखिम कम भएको बताएका छन् ।

मध्य लेबनानको बकेर्केमा क्रिसमसको अवसरमा आयोजित भ्रमणपछि औनले युद्धको छाया टरेको बताए ।

उनले नयाँ वर्षपछि पुनः शत्रूता शुरू हुन सक्ने इजरायली चेतावनीलाई वार्ताका माध्यमबाट पछि धकेल्न मद्दत पुगेको बताए ।

राष्ट्रपति औनले युद्धको खतरालाई टार्नका लागि कुटनीतिक सम्पर्कहरू नरोकिएको र हाललाई यो खतरा टरेको स्पष्ट पारे ।

यद्यपि औनले दक्षिणी लेबनानको सुरक्षा अवस्था अझै पनि नाजुक रहेको स्वीकार गरे।

त्यहाँका बासिन्दाहरू अझै पनि आफ्नो घर फर्कन सकेका छैनन् । लेबनानी बन्दीहरू इजरायली जेलमा रहेका छन् र हालै दक्षिणी क्षेत्र र बेका उपत्यकामा इजरायली आक्रमणका रिपोर्टहरू आएका छन् ।

उनले लेबनानले अमेरिका, युरोपेली संघ र अरब राष्ट्रहरू लगायतका प्रभावशाली देशहरूसँग सम्पर्क कायम राखेको जानकारी दिए ।

यसका साथै सीमा क्षेत्रमा तनाव रोक्न र स्थिति स्थिर बनाउन जिम्मेवारी दिइएको तनाव न्यूनीकरण संयन्त्र समितिसँग मिलेर पनि काम भइरहेको उनले बताए।

औनकाअनुसार वार्ताहरूमा प्रायः उच्च मागहरू राखिए पनि कुटनीतिक संलग्नता सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको छ ।

लेबनान स्थिरता कायम राख्न र युद्धमा फर्किने अवस्था रोक्न प्रतिवद्ध रहेको र राज्यका संस्थाहरूलाई सुदृढ पार्ने तथा देशभर सुरक्षा सुनिश्चित गर्ने प्रयासहरू जारी राख्ने उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ